आइतवार, बैशाख २३, २०८१

कोरोना कहर

दुईहजार २५३ कोरोना संक्रमित थपिए, मृतकको संख्या ५३५ पुग्यो

कोभिड-१९ बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु


  • अर्पित चापागाँई
  • आइतवार, अशोज १८, २०७७
  • 250
    SHARES

काठमाडौँ, १८ असोज । नेपालमा कारोना भाइरस (कोभिड—१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षिया महिला, बाँकेमा २५ वर्षिया महिला र कञ्चनपुरमा २९ वर्षिया महिला रहेका छन । यस्तै काठमाडौंमा ५५ वर्षिय पुरुष, ललितपुरमा ७७ वर्षिय पुरुष र बाँकेमा ६० वर्षिय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । १२ हजार ७ सय ८४ पीसआिर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय २९, प्रदेश नम्बर २ मा ५ सय ४१, बागमती प्रदेशमा ७ हजार ६ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ९६, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३५ गरी देशभरी १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५०, प्रदेश नम्बर २ मा ५ सय ५८, बागमती प्रदेशमा ७ हजार १ सय ५३ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय २, कर्णाली प्रदेशमा २ सय ८० र सुदूरपश्चिम प्रदेशमा ४ सय १८ गरी ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ जार ७ सय ३३, प्रदेश नम्बर २ मा १४ हजार २ सय ९१, बागमती प्रदेशमा २० हजार ४ सय ९३ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ५७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ५ सय ५५, कर्णाली प्रदेशमा ३ हजार १ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ५५ गरी देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन ।

मन्त्रालयले कोभिडको संक्रमण बढीरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरीवाना गर्नेगरी प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }