मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजधानी सार्ने प्रस्ताव

राजधानी सार्ने प्रस्तावलाई स्थगन गर्न नियमावली संसोधन मस्यौदा समितिका सभापतिको माग


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 639
    SHARES

बुटवल, १९ असोज । प्रदेश नम्बर पाँचको प्रदेश सभामा गठित नियमावली संसोधन मस्यौदा समितिका सभापति भोजप्रसाद श्रेष्ठले सो पदबाट राजीनामा दिनु भएको छ ।

नेकपा प्रदेश संसदिय दलका सचिव समेत रहनु भएका प्रदेश सभा सदस्य श्रेष्ठले प्रदेश सरकारले प्रस्ताव गरेको स्थायी राजधानी बुटवलबाट दाङ्गको भालुवाङ्ग सार्ने निर्णयमा असहमती जनाउदै उहाले समितिको सभापतिबाट राजीनामा दिएको बताउनु भयो ।

प्रदेशको राजधानीका बिषयमा पक्ष बिपक्षमा धेरै कुराहरु र बिरोधका आवाजहरु उठिसकेको अवस्थामा परिमार्जन गरेर राजधानीको प्रस्ताव प्रदेश सभा बैठकमा लैजान आग्रह गर्दै सभापति श्रेष्ठले तत्काल प्रदेश सभामा सो प्रस्तावलाई स्थगन गर्न समेत माग गर्नु भएको छ ।

करिब १ महिना अघि मनोनित हुनु भएका सभापति श्रेष्ठलाई पदसित राजधानी साटेको आरोप लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)