शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

कोरोनाबाट आज थप १९ जनाको मृत्यु, २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 372
    SHARES

काठमाण्डौ,१९ असोज ।सोमबार थप २४ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो।

काठमाण्डौ उपत्यकामा मात्र १५ सय ३१ संक्रमित थपिएका छन्। उपत्यकामा थपिएका मघ्ये काठमाडौंमा ११ सय ७८, भक्तपुरमा १सय ३  र ललितपुरमा २ सय ५० जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ सय ३३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७३ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २सय २ रहेको छ ।कोरोनाबाट आज  १९ जनाको मृत्यु भएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनु भयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)