काठमाडौं ,२० असोज। नेकपाकी सांसद शान्ता चौधरीलाई कोरोना भाइरस पोजेटिभ भएको छ । यस विषयको जानकारी उनी आफैले फेसबुकमार्फत गराएकी छिन् ।
फेसबुक स्टाटसमा उनले यसो भनेकी छिन्- ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’