शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

बरिष्ठ कलाकार हरिवंश दम्पतीलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०७७
  • 377
    SHARES

काठमाडौ, २० असोज। बरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी धर्मपत्नी रमिला आचार्यलाई कोरोना संक्रमण  भएको छ । आचार्यले मंगलबार  मध्यान्ह समाजिक सञ्जाल मार्फत आफूहरु  संक्रमित  भएको जानकारी गराउनु भएको हो ।

आचार्यले लेख्नु भएको छ, सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण  गरेका थियौं  । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो  ।

हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं र कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)