शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

देशभर सक्रिय सङ्क्रमित २५ हजार नाघ्यो

सात जिल्लामा बढी र तीन जिल्लामा शून्य सङ्क्रमित


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०७७
  • 220
    SHARES

काठमाडौं,२१ असोज।  देशभरमा आज तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमूना परीक्षण भएको थियो ।

हालसम्म ११ लाख १३ हजार ४८५ नमूना परीक्षण भइसकेको छ । देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ७२ प्रतिशत हो ।

देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार १६४ रहेको छ । देशभर सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसन र १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा ५४६, प्रदेश २ मा ३३३, बाग्मती प्रदेशमा सात हजार ९०८, गण्डकी प्रदेशमा ४४१, लुम्बिनी प्रदेशमा ८४२, कर्णाली प्रदेशमा ३५२ र सुदूरपश्चिम प्रदेशमा १७४ रहेका छन् ।

त्यस्तै होम आइसोलेनमा प्रदेश १ मा एक हजार ८४७, प्रदेश २ मा ५३०, बाग्मती प्रदेशमा नौ हजार १७२, गण्डकी प्रदेशमा ५६५, लुम्बिनी प्रदेशमा एक हजार ४७४, कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा ५०८ रहेका छन् ।

देशभरमा गरी २३३ सङ्क्रमित आइसियुमा रहेका छन् ।

प्रदेश १ मा २७, प्रदेश २ मा १४, बाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा एक जना आइसियुमा रहेका छन् । त्यस्तै भेन्टिलेटरमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा २५ र लुम्बिनी प्रदेशमा छ गरी जम्मा ३७ रहेको छ ।

आजसम्म देशभरका ७७ जिल्लामध्ये सात जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने तीन जिल्लामा शूून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । त्यस्तै सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोललुखुम्बु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }