शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व दृष्टि दिवस

विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २२, २०७७
  • 746
    SHARES

काठमाडौं,२२ असोज। आज अक्टोबर आठ तारिख अर्थात विश्व दृष्टि दिवस ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईदै छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ । अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उध्येश्य सहित विश्व दृष्टि दिवस मनाइएको बताउनुभयो । आँखामा सानो हेलचेक्रयाई गर्दा समेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उहाँको भनाई छ । मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा. खड्काले बताउनुभयो ।

नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका विरामीले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । मधुमेह भएका विरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगयतका समस्या देखिने गरेको बताउनुभयो । विश्व आँखा दिवसको अवसरमा खासगरी मधुमेहका विरामीलाई आँखाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिन खोजिएको डा. शाक्यले बताउनुभयो ।

विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका कारण विरामी भएको तथ्याङ्क रहेको र नेपालमा ४ जना मध्ये १ जना मधुमेहको कारण आँखाको समस्या आउने तथ्याङ्क रहेको डा. शाक्यले बताउनुभयो । विश्व दिवसकै अवसरमा नेपालका विभिन्न आँखा अस्पतालहरुमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }