शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ लाख नाघ्याे

आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०७७
  • 574
    SHARES

काठमाडौं,२३ असोज।    नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपर १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षिया एक महिला सहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका २९ वर्षिय, ५२ वर्षिय पुरुष, सुनसरीका ४६ वर्षिय, ५२ वर्षिय र ६८ वर्षिय पुरुष रहेका छन । यस्तै काठमाडौंका ७१ वर्षिय, ललितपुरका ८४ वर्षिय, रुपन्देहीका ४७ वर्षिय र ८४ वर्षिय पुरुष रहेका छन ।

देशभरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ७७, प्रदेश नम्बर २ मा ४ सय ५८, बागमती प्रदेशमा ७ हजर ६ सय ३४ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा ११ सय ८, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा २ सय ७ गरी देशभरी ११ हजार १ सय ७६ संक्रमित संस्थागत आइसोलसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार २४, प्रदेश नम्बर २ मा ५ सय ३, बागमती प्रदेशमा १० हजार ५ सय १२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय १३, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९६ जना गरी देशभरी १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३ सय ३७, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८१, बागमती प्रदेशमा २६ हजार ४ सय ८७ र गण्डकी प्रदेशमा ४ हजार ७८ डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ३ सय ९२, कर्णाली प्रदेशमा ३ हजार ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ९८ गरी देशभरी ७३ हजार ३२ जना डिस्चार्ज भएका छन ।

मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. गौतमले बताउनुभयो । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उहाँले बताउनुभयो ।

दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }