शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

देशभर ४ हजार ४७ जना नयाँ संक्रमित थपिए , उपत्यकामा २ हजार २ सय ८३ नयाँ संक्रमित

देशभरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २


  • माउन्टेन खबर
  • सोमवार, अशोज २६, २०७७
  • 228
    SHARES

काठमाडौँ । आज नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको छ । संस्थागत आइसोलसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा ७ सय ५, बागमती प्रदेशमा ८ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा ५ सय २९ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७९, कर्णाली प्रदेशमा ५ सय ६ र सुदूरपश्चिम प्रदेशमा २ सय ६३ गरी देशभरी १३ हजार ९ सय २३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ३ सय ८८, प्रदेश नम्बर २ मा ४ सय ५६, बागमती प्रदेशमा १३ हजार ४ सय ८९ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८०, कर्णाली प्रदेशमा ४ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ५ सय १४ गरी देशभरी १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन ।
आज १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय ८७, प्रदेश नम्बर २ मा १५ हजार ९०, बागमती प्रदेशमा २९ हजार ३ सय ८९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ५५ जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय ८१, कर्णाली प्रदेशमा ३ हजार ४ सय ८० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ९५ जना गरी देशभरी ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन । आइसुयुमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन ।
सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ । देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम उपलब्ध गराइएको उहाँले बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }