शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जोको प्रयोग उपयुक्त :डा. ऋषिराम कोइराला


  • माउन्टेन खबर
  • बुधबार, अशोज २८, २०७७
  • 551
    SHARES

काठमाडौं।  विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन् । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।

मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो ।

नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउनुहुन्छ । गुर्जो दैविक काल देखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताउनुभयो ।

रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र सरिरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थितगर्ने गुण गुर्जोमा हुने उहाँले बताउनुभयो । गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ ।

डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चा सम्म खान सकिन्छ ।

कोभिड १९ संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने उहाँले बताउनुभयो । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटकसम्मखान सक्ने उहाँको भनाई छ ।

गुर्जो गर्भवति महिला र गम्भिर प्रकृतिका विरामीहरुले समेत खान नहुने डा. कोइरालाले बताउनुभयो । तर यो सबै उमेरकाले खान हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)