आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघ्यो


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २९, २०७७
  • 299
    SHARES

काठमाडौं।   नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ ।

आज ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । आज १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुराम १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९३, प्रदेश नम्बर २ मा, बागमती प्रदेशमा ७ हजार ७ सय ९ र गण्डकी प्रदेशमा ७ सय ११ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ६ सय ३७, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३५ जना गरी देशभरी १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ हजार ४२, प्रदेश नम्बर २ मा ६ सय ४१, बागमती प्रदेशमा १५ हजार २ सय २८ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय १७, कर्णाली प्रदेशमा ६ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ६ सय ८१ जना गरी देशभरी २४ हजार १ सय ९४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)