आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २९, २०७७
  • 418
    SHARES

काठमाडौ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउनुभएको छ ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभएको छ ।

उहाँ अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहनुभएको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिनुभयो । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)