शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ६, २०७७
  • 446
    SHARES

काठमाडौं।  नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रायलयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ले पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको हो । यससँगै आज देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । यस्तै हालसम्मको कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

आज काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोभिड १९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ जना र ललितपुरमा १ सय ५७ जना रहेका छन् ।

आज देशभर १३ हजार ३ सय ३९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन भने ३१ हजार ५ सय ३८ जना संक्रमित होम आएसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म कोभिड १९ संक्रमण मुक्त हुनेहरुको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । हालसम्म संक्रमण निको हुने दर ६९ दशमलव २ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ८ सय १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २ य ५५ जनाको पीसीआर परीक्षण भएको छ । आजसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो ।

आज देशभर ३ हजार ७ सय ५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । देशभर २ सय ९० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ भने ७७ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)