आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दूरसञ्चार सेवाको गुणस्तर

स्वतन्त्र परामर्शदाता मार्फत दूरसञ्चार सेवाको गुणस्तर परिक्षण गराउदै नेपाल दूरसञ्चार प्राधिकरण

अपरेटरहरुको भ्वाईस सेवा, डाटा तथा एसएमएस सेवाको गुणस्तरको परीक्षण गरिने


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १४, २०७७
  • 1.1K
    SHARES

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक स्वतन्त्र परामर्शदाता कम्पनीमार्फत दूरसञ्चार सेवाको गुणस्तरको परिक्षण गराउने भएको छ ।

प्राधिकरणले त्यसको लागि ईच्छुक कम्पनीहरुसँग प्रस्ताव माग गर्दै नेपालका टेलिकम कम्पनीहरुको सेवाको गुणस्तर परीक्षण मापन तथा अध्ययन गराउन लागेको हो ।

सो अध्ययन तथा परीक्षणमा नेपालका टेलिकम अपरेटरहरुको भ्वाईस सेवा, डाटा तथा एसएमएस सेवाको गुणस्तरको अध्ययन तथा परीक्षण गर्नुपर्नेछ ।

सो टेण्डर प्राप्त गर्ने कम्पनीले नेपालमा हाल संचालनमा रहेका टेलिकम अपरेटरहरुले प्रदान गर्दै आएको सेवाको विभिन्न स्थान र क्षेत्रहरुमा गएर करिब ४ महिनामा परीक्षण गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।

सो अन्तरगत टेलिकम सेवा प्रदायकहरुको सेवाको लागि ड्राइभ टेस्ट गरिनेछ भने त्यस्तो ड्राइभ टेस्ट प्रदेश १ अन्तरगतको बिराटनगर, बिर्तामोड र ईलामको शहरी र ग्रामीण क्षेत्रमा गर्नुपर्नेछ ।

त्यसैगरि प्रदेश २ को जनकपुर, लाहान र बिरगंजको शहरी तथा ग्रामीण क्षेत्र र गण्डकी प्रदेशको गोरखा, दमौली र कास्की जिल्लाको शहरी र ग्रामीण क्षेत्रमा टेलिकम सेवाको गुणस्तरको अध्ययन, मापन र परीक्षण गरिनेछ।
यसबाहेक सो क्षेत्रमा पर्ने राजमार्ग एरियामा समेत गुणस्तर परीक्षण गर्नुपर्ने प्राबधान तोकिएको छ ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुको गुणस्तर परीक्षण र अनुगमन गर्नका लागि यसअघि नै टेलिकम्यूनिकेसन्स सर्भिस क्वालिटी २०७३ विनियमावली लागू गरिसकेको छ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले पहिलो पटक स्वतन्त्र परामर्शदातामार्फत टेलिकम अपरेटरहरुको सेवाको गुणस्तर मापन गर्न लागेको जानकारी दिए ।

‘हामीले यसअघि आफैंले गुणस्तर परीक्षण र मापन गरिरहेका थियौं, तर अहिले हामीसँग जनशक्तिको कमी पनि छ, त्यसैले स्वतन्त्र परामर्शदाताबाट गराउँदा सहि तथ्यांक आउने अपेक्षासहित टेण्डर खुलाएका हौं,’ प्रवक्ता अर्यालले भने ।

उनकाअनुसार यस गुणस्तर परीक्षणमा मोबाइल ब्रोडब्याण्ड गुणस्तरको सही तथ्यांक आउने अपेक्षा गरिएको छ ।

यसको लागि प्राधिकरणले करिब ६० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

नेपालमा हाल नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकम गरि ३ वटा टेलिकम अपरेटरको सेवा संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }