सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल टेलिकमको नेटवर्कभित्र सस्तो शुल्कमा कल गर्ने सजिलो तरीका


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०७७
  • 696
    SHARES

काठमाडौं ।  नेपाल टेलिकमले कुनैपनि मोबाइल नम्बरबाट एकै परिवारका वा साथीभाईहरुलाई सस्तोमा सम्पर्क गर्ने सुबिधा दिएको छ । तर यसबारेमा धेरैलाई जानकारी नै छैन् ।

नेपाल टेलिकमको ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ कल सेवामार्फत कुनैपनि नम्बरबाट पाँचजना परिवार तथा साथीसँग सस्तो मूल्यमा कुरा गर्न सकिन्छ  ।

‘फ्रेन्ड्स एन्ड फ्यामिली’ कल सेवामार्फत प्रतिमिनेट ५५ पैसामा जनुसुकै समयमा टेलिकमकै नम्बरमा कल गर्न सकिन्छ तर त्यसको लागि तपाँईँले  केहि विषयहरुलाई भने ध्यानमा राख्नुपर्नेछ ।

यो सेवामा नेपाल टेलिकमका प्रयोगकर्ताले टेलिकमकै नेटवर्क भित्रका पाँचवटा जनुसुकै नम्बरहरु रोज्न सक्नेछन् । र त्यसलाई आफ्नो नेटवर्कभित्र राख्न सक्नेछन् ।

यसरी गर्नुहोस् ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ सेवा सुचारु

तपाईँले आफ्नो मोबाइलबाट ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ सेवा लिनका लागि पहिले त्यसलाई एक्टिभ गर्नुपर्ने हुन्छ र यसरी एक्टिभ गर्न सकिन्छ ।

  • पहिलो नम्बर‘फ्रेन्ड्स एन्ड फ्यामिली’मा जोड्नका लागि FNFSUB*No1 (फोनको म्यासेजमा लेखेर No1 को सट्टामा तपाईँले जोड्न चाहेको नम्बर) टाइप गरी १४१५ मा पठाउने।

(उदाहरणको लागि FNFSUB*९८४१६८८… लेखेर १४१५ मा पठाउने।)

  • दोस्रो नम्बरका लागि FNFSUB*No2 (म्यासेजमा लेखेर No2 को ठाउँमा चाहेको मोबाइल नम्बर) टाइप गरी १४१५ मा पठाउने ।
  • यसैगरी बाँकी तीनवटा मोबाइल नम्बरका लागि पनि यही तरिका क्रमशः अपनाएर थप गर्ने ।
  • यसरी एफएनएफ सेवामा राखिएको नम्बर परिवर्तन गर्नका लागि FNFMOD*OLD No*New No (पुरानो नम्बर र त्यसपछि नयाँ नम्बर) टाइप गरी १४१५ मा पठाउने ।
  • एफएनएफ सेवामा राखेको कुनै नम्बर डिलिट गर्न <FNFDEL*No> टाइप गरी १४१५ मा म्यासेज पठाउने ।
  • आफूले एफएनएफ सेवा राखेका नम्बर हेर्न वा जानकारी लिनका लागि <FNFINQ> टाइप गरी १४१५ मा म्यासेज पठाउने ।यो सेवा लिएपछि तपाईँले  तोकिएको समय अवधिमा कुनैपनि नम्बर हटाउन र थप गर्न सक्नुहुनेछ । तर याद गर्नुहोस् नेपाल टेलिकमको ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ सेवामा ५ वटा भन्दा बढि नम्बर भने राख्न सकिँदैन् ।

    अब तपाईँले धेरै समयसम्म कुरा गर्नुपर्ने वा गर्न चाहेको मान्छेसँगै करिब आधा सस्तो मूल्यमा नै लामो समयसम्म कुरा गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }