सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एप्पलको अर्को इभेन्ट नोभेम्बर १० मा


  • एजेन्सी
  • मङ्लबार, कार्तिक १८, २०७७
  • 445
    SHARES

नयाँ आईफोन सार्वजनिक गरेको एक महिनापनि बित्न नपाउँदै एप्पलले अर्को इभेन्ट आयोजना गर्ने घोषणा गरेको छ।

एप्पल इंकले नोभेम्बर १० मा एक विशेष कार्यक्रम आयोजना घोषणा गरेको छ।

सो इभेन्टको बारेमा कम्पनीले केबल ‘वन मोर थिंङ्ग’ (One More Thing) भन्ने ट्याग लाइन बाहेक अरु कुनै विवरण दिएको छैन्।

गत महिना एप्पलले नयाँ आईफोनहरूको दायरा फराकिलो पारेको थियो भने सेप्टेम्बरमा नयाँ एप्पल वाच र सर्भिस बन्डल पनि घोषणा गरेको थियो।

गत जूनमा कम्पनीले यो बर्ष अन्त्य हुनु अघि नै एप्पल सिलिकन नाम गरेको आफ्नै प्रोसेसर चिप्स प्रयोग गरेर नयाँ म्याक कम्प्युटरहरू ल्याउने बताएको छ।

विश्लेषकहरूले नयाँ म्याकहरु नोभेम्बरको कार्यक्रममा डेब्यु हुने आशा गरेका छन्।

एप्पल सिलिकन म्याकले २००६ देखि ल्यापटप र डेस्कटप प्रोसेसरहरूको लागि एप्पलको आपूर्तिकर्ता रहेको इंटेल कर्पसँगको सम्बन्ध छुट्ने सुरूवातको रुपमा पहिचान गराउनेछ।

‘वन मोर थिंङ्ग’ ट्यागलाइन यसअघि कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत स्टीव जब्सले कहिलेकाँही कार्यक्रमहरूमा पहिले अघोषित उत्पादनहरूको अनावरण गर्नु अघि प्रयोग गर्ने गरेका थिए। नयाँ म्याकको साथसाथै

विश्लेषकहरू एप्पलको एसेसरिजको कारोबार बढाउन टाइल ईन्कले बनाएको जस्तै नयाँ ओभर-इयर एयरपड्स हेडफोन र ट्र्याकिङ्ग ट्यागहरूको नयाँ जोडीमा पनि काम गरिरहेको विश्वास राख्छन् र इभेन्टमा सो डिभाइसहरुपनि लन्च हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }