काठमाडौँ । मंगलबार थप ३ हजार ११४ जना कोरोनाका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार १६६ पीसीआर परीक्षणमा ३११४ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगै निको हुनेको १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४७६ छ ।काठमाडौं उपत्यकामा मात्रै १४६८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना संक्रमित भए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ जना पुगेको छ ।
