शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नागरिक लक्षित चिकित्सकीय परामर्श सेवा शुरु गदै गणेशमान सिंह अध्ययन प्रतिष्ठान


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १९, २०७७
  • 797
    SHARES

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीका पहलमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि नागरिक लक्षित चिकित्सकीय परामर्शका कार्यक्रम गरिने भएको छ । मुलुकको वर्तमान समस्याको गाम्भीर्यलाई मनन गरी सर्वमान्य नेता गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा नागरिक लक्षित विभिन्न कार्यक्रम गरिन लागेको हो ।

उहाँले सबै निर्वाचित जनप्रतिनिधि तथा कांग्रेसका जिम्मेवार नेतालाई आआफ्ना क्षेत्रमा कोरोनाको संक्रमण नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभयो । नेता सिंहको जन्मजयन्तीको दिन अर्थात् यही कात्तिक २४ गतेदेखि कोरोनाबाट बच्ने उपायको जानकारीमूलक पम्पलेट, कपडाको मास्क र सिटामोल ट्याब्लेट घरघरमा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

यसैगरी कात्तिक २४ गतेदेखि नै चिकित्सकद्वारा फोनमार्फत कोरोनासम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउने उद्देश्यले टेलीसेन्टर सञ्चालन गरिने छ । सो सेवा बिहान, दिउँसो र राति गरी २४ सै घण्टा उपलब्ध हुनेछ । सो टेलिसेन्टरमा डा. रवीन्द्र पाण्डे (फोन नं. ९८४७३९४५२०) र डा भूपेन्द्र बस्नेत (फोन नं. ९८५१०५९४००) को पनि सहयोग रहने नेता जोशीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएपछि अक्सिजनको मात्रा घट्दै जाने र यसले थप जटिलता ल्याउने भएकाले आवश्यक परेका तर आफैँ किन्न नसक्नेलाई अक्सिमिटर (पल्समिटर) उपलब्ध गराइने छ । यसरी अक्सिमिटर लिएकाहरुले काम सकिइसकेपछि अरु कुनै आवश्यक परेका घरमा दिएर वा जोसँग लिएको हो सोही व्यक्तिलाई फिर्ता गरी सहयोग गर्न पनि आग्रह गरिएको छ ।

कोरोना संक्रमितमध्ये कसैको समस्या जटिल भएमा तत्काल १०२ मा फोन गरेर एम्बुलेन्स मगाई अस्पताल लैजान समन्वय गरिनेछ । नेता जोशीले स्वास्थ्य र सुरक्षाकर्मी तथा अग्रपंक्तिमा कार्यरतलाई जोखिम भत्ता उपलब्ध गराउन, श्वासप्रश्वाससम्बन्धी वार्डको तत्काल व्यवस्था गर्न र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था तत्काल पुनर्बहाली गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)