शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

थप २ हजार ९सय ९ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप १८ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २१, २०७७
  • 568
    SHARES

काठमाडौं । शुक्रबार देशभर थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९०८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३४ हजार ९०५ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौँ उत्यकामा थप एक हजार ३३८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३०, ललितपुरका १८७ तथा भक्तपुरका १२१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

कोरोना सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणबाट मर्नेको संख्या १० हजार ७० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)