शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारत सरकारद्वारा नेपाल सरकारलाई भेन्टिलेर सहयोग

२८ वटा भेन्टिलेटर सहयोग


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २३, २०७७
  • 564
    SHARES

काठमाडौं।  भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यता रहेको बताउनुभयो ।

भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उहाँले बताउनुभयो । कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने उहाँले बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले आफु अफ्ठ्यारोमा भएपनि विगत देखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने बताउनुभएको छ । संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने उहाँले बताउनुभयो ।

अहिले नेपाल भारत लगायत विश्वभरी नै कोरोना महामारीको संक्रमण बढ्दो छ । नेपालम दैनिक सयौँ जनालाई संक्रमण भइरहेको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार १ लाख ९१ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार आजसम्म १ हजार ८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । भने, १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)