शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोप

कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोप

खोप लगाएका मध्ये ९०% भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धान


  • वीवीसी
  • सोमवार, कार्तिक २४, २०७७
  • 451
    SHARES

कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोपले त्यस्तो खोप लगाएका मध्ये ९०% भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी “विज्ञान र मानवताका लागि एक महान दिन” भएको बताएका छन्।

तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन्।

ति कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालिन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन्।

चुनौती

अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् तर यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन्।

केहीले यो खबर सुनेपछी आफू मुस्काएको बताएका छन् भने केहीले आगामी वसन्त ऋतुसम्ममा विश्वको जनजीवन सामान्य भैसक्ने आशा व्यक्त गरेका छन्।

खोप र राम्रो उपचारको व्यवस्था नै आम मानिसहरूको जनजीवनमा उथलपुथल ल्याउने गरी कोरोनाभाइरसको महामारीका कारण लागु विभिन्न प्रतिबन्धहरूबाट पार पाउने उत्तम उपाय हुन् भनिएको छ।

झण्डै एक दर्जनजति खोपहरू फेज ३ भनिने परिक्षणको अन्तिम चरणमा रहेका छन्। तर अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

प्रयोगात्मक

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

पहिलेका परिक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए।

तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ।

अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उस्ले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ। र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ।

यूकेले यो वर्षको अन्त्यसम्ममा उक्त खोपको एक करोड मात्रा प्राप्त गर्न सक्नेछ भने थप तीन करोड मात्राको लागि खरिद आदेश दिइसकिएको छ।

अति चिसो तापक्रम

तर उक्त खोपलाई माइनस असी डिग्री सेल्सियसको अति चिसो तापक्रममा सुरक्षित राख्नु पर्ने भएकाले व्यवस्थापनगत चुनौतीहरू ठूलै छन्।

फाइजरका अध्यक्ष डा अल्बर्ट बूर्लाले भनेका छन्ः “यो विश्वव्यापी महामारीलाई अन्त्य गर्नकालागि संसारभरीका मानिसहरूलाई अत्यावश्यक उपाय प्रदान गर्ने दिशामा हामी एक उल्लखनीय कदमले नजिक पुगेका छौँ।”

बायोएनटेकका एकजना संस्थापक प्राध्यापक उगुर साहिनले यो नतिजालाई “कोशेढुङ्गा” भनेर व्याख्या गरेका छन्।

अहिले प्रस्तुत गरिएको तथ्याङ्क अन्तिम विश्लेषण भने होइन। यो प्रथम ९४ जना स्वयंसेवकहरूबाट प्राप्त नतिजामा आधारित छ। यो खोपको खास प्रभावकारीता यो परिक्षणको पूर्ण नतिजाहरूको विश्लेषण गरेपछि यो भन्दा केहि परिवर्तित पनि हुन सक्छ। वीवीसी न्यूज

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)