शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बंगलादेशको ढाकामा नेपाली राष्ट्रिय फुटबल टोलीद्वारा तयारीलाई तिव्रता


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २४, २०७७
  • 601
    SHARES

बंगलादेश ,ढाका। आगामी शुक्रबार हुने मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा तयारीलाई तिव्रता दिएको छ ।

दुई मैत्रिपूर्ण खेलका लागि गत बिहीबार बंगलादेशको ढाका पुगेको नेपालीले टोलीले केही दिन यता बंगलादेशमा रहेर फुटबलमा फर्किन लागेको हो । करिब नौ महिना पछि फर्किन लागेको फुटबल खेल अन्तर्गत नेपालले शुक्रबार पहिलो खेल खेल्न लागेको हो । त्यसका लागि खेलाडी निकै उत्साहित देखिएका छन् ।

काठमाडौंको एक साता अभ्यास पछि थप एक साता बंगलादेशमा अभ्यास गर्ने योजना सहित नेपालबाट उडेको टोलीले दोस्रो मैत्रिपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात मंसिर २ गते खेल्ने तालिका रहेको छ ।

खेलमा फर्किँदा उत्साहित भएका खेलाडीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा ल्याउने लक्ष्यका साथ अभ्यासमा मिहिनेत गरिरहेका हुन । प्रशिक्षक बाल गोपाल महर्जनले पनि खेलाडीमा फिटनेस सुधार हुँदै गएको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा ल्याउनमा आशावादी रहेको यस अघि बताइसक्नुभएको छ । बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार मैदानमा दुई घण्टा प्रशिक्षण गरेको थियो ।

नेपाली फुटबल टोली कोभिड—१९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटेल क्वारेन्टाइनमा बसेको थियो । क्वारेन्टिनमा रहेको टोलीको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षणका लागि मैदानका फर्किएको हो । बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगबन्धु रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)