शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेट

इतिहास रच्ने लक्ष्य सहित दिल्ली साबिक विजेता मुम्बईको सामना गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २५, २०७७
  • 662
    SHARES

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट फाइनल पुगेको दिल्ली क्यापिटल्स सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्ससंग उपाधिका लागि भिड्ने भएको छ । आईपीएलको १३ औं संस्करणको फाइनल आज नेपाली समयअनुसार राति पौने ८ बजे युएईको दुबई हुनेछ।

दिल्ली क्यापिटल्स १३ औं संस्करणमा फाइनल पुग्दै इतिहास रचेपनि सविक विजेतासमेत रहेको मुम्बईलाई हराउदै उपाधि जित्दै अर्को इतिहास रच्ने दाउमा रहेपनि सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन ।

मुम्बईसंग लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा पराजित भएको दिल्लीलाई तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि रहेको छ ।

लिग सुरु हुनुअघि नै मुम्बई र दिल्लीलाई उपाधिको दाबेदार टिमहरुको रुपमा थियो । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनल पुगेपछि फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले फाइनल पुग्दासम्म ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्दै आइरहेको छ । उता युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली योङ टिमको रुपमा परिचित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)