शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २८, २०७७
  • 503
    SHARES

काठमाडौं। बिहीबार मन्त्री परिषदले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् । लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् ।

करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयले राहत मिलेको छ । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन् । शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए । बक्सिङ प्रशिक्षक तेज बहादुर थापा मगरले मन्त्रीपरिषद निर्णयले आफूहरु खुसी भएको बताउनुभयो ।

उहाँले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगत रुपमा सफलता हात पार्ने बताउनुभयो ।

सेमिकभर्ड हलमा उसुका खेलाडी पनि अभ्यास फर्किन वार्मअप गर्दै दिए । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क थिए । अभ्यामा व्यस्त मध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखी सबै पूर्वाधार व्यवस्था गर्नु पर्ने बताउनुभयो ।

यस्तै राष्ट्रका लागि पदक दिलाएकी निमा घर्ती मगरले पनि लक डाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताउनुभयो ।

यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन । अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । तर त्यती सहज अवस्था भने छैन । फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगाएतका अन्य प्रतियोगिता तपशिल नै छन् । त्यसका लागि गर्नु पर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नु पर्ने अवस्था आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)