शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी जलविद्युत् ७८ प्रतिशत सम्पन्न, कामदार अभावले उपकरण जडानमा समस्या


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ४, २०७७
  • 878
    SHARES

रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको भौतिक निर्माण ७८ प्रतिशत सम्पन्न भएको छ । यससँगै हाल आयोजनाको विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको आयोजनाले बताएको छ ।

१११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।

आयोजना प्रमुख छवि गैरेका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका कोभिड–१९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको छ । आयोजनाको निर्माणस्थलमा २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत छन् । कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार भने ल्याउन नसकेको बताइएको छ ।

कोरोना संक्रमणका कारण कामदार अभावले उपकरण जडानमा समस्या भएको बताइएको छ । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित भएको आयोजनाका प्राविधिकले जानकारी दिएका छन् ।
कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा विद्युत्गृहको पानी बाहिर पठाउने ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैंक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जानकारी दिइएको छ ।

१३ अर्ब ६४ करोड रुपैयाँको लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न प्राविधिकले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)