शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ८, २०७७
  • 648
    SHARES

काठमाडौँ, ८ मंसीर । पछिल्लो २४ घण्टामा थप एक हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको नमूना परीक्षण गर्दा एक हजार १९१ पुरुष र ७८९ महिला गरी कूल एक हजार ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २२ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८८४ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये होम आइसोलेशनमा १२ हजार २७१, अस्पतालको सघन उपचार कक्ष आइसियुमा ३६५ र भेन्टिलेटरमा ६३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ३३७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)