शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पप्पु कन्ट्रक्सनले अलपत्र अवस्थामा छाडेकोे धादिङको बैरेनीस्थित त्रिशुली नदीमाथिको पुल निर्माणमा रसुवा कन्ट्रक्सनले दियो तिव्रता


  • शिव सिलवाल
  • सोमवार, मंसिर ८, २०७७
  • 710
    SHARES

धादिङ,८ मंसिर। पप्पु कन्ट्रक्सनले अलपत्र अवस्थामा छाडेकोे धादिङको बैरेनीस्थित जिन्टेटारलाई स्यालटारसम्म जोड्ने त्रिशुली नदीमाथिको मोटरेवल पुल निर्माणको कामले तिब्रता पाएकोछ।

पुल निर्माणको काम पप्पु कन्ट्रक्सनले विचैमाअलपत्र छाडिदिएपछी रसुवा कन्ट्रक्सनलाई सडक विभागले पुल निर्माणको जिम्मेवारी दिएको थियो।
पाँच वर्ष अधि पप्पु कन्ट्रक्सनले नेपाल सरकार सडक विभागसंग सो मोटरेवल पुल निर्माणको जिम्मा लिईएको थियो।

रसुवा कन्ट्रक्सनले पुलनिर्माणको कामसुरु गरेको  ८ महिनामै अलपत्र अवस्थामा रहेको निर्माणको काम सठि प्रतिशत सम्पन्न गरी सकेको छ।
अव भने सो स्थानमा छिट्टै पक्कि मोटरेवल पुल निर्माणहुने भन्दै स्थानीयहरु खुसी भएका छन्।

पप्पुले निर्माणको जिम्मा लिईएको चार वर्षमा एक पट्टीको पिल्लरमात्र गाडेर अलपत्रअवस्थामा पुल छाडिदिएको थियो।अहिले पुलको लागी आवाश्यक चार ओटा पिल्लर ठड्याई सकेको छ।

पप्पुकन्ट्रक्सनले सो पुल सडक विभागसंग १८करोडको लागतमा दुई वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने गरी जिम्मा लिईएको थियो।
पप्पुकन्ट्रक्सनले काम नगरे पछी रसुवाकन्ट्रक्सन लाई जिम्मा दिईएको पुल निर्माणको कामअब केही महिनामानै सम्पन्न गर्ने रसुवाकन्ट्रक्सन कम्पनीले जानकारी दिईएको छ।

अब भने पुल नवन्दा स्यालटाबाट पृथ्वीराजमार्गसम्म आउन का लागी घण्टौ घुमेर सवारीका साधनहरु नुवाकोट हुदै धादिङसम्म आउनुपर्ने बाध्यता पनी केही महिनामानै  हट्ने भएको छ।

एक सय पचास मिटर लम्वाईको सो पुल निर्माण लगतै बैरेनीको जिन्टेटारटारदेखी स्यालटार सडक भएर राजधानी प्रवेशका लागी बैकल्पीक मार्ग निर्माणमा पनी सहज हुने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)