शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बन्द प्रशिक्षण अघि खेलाडीहरुको पीसीआर परीक्षण


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ९, २०७७
  • 470
    SHARES

काठमाडौं।  अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ ।

कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाव लिएको हो ।

आज टीम मेम्बर, फिजियोथेरपी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ । यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पीसीआर परीक्षण गरिने भएको छ । उनीहरुको पनि आज नै स्वाव लिइएको छ । सबैको पीसीआर परीक्षण किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको हो ।

बन्द प्रशिक्षण भोली (बुधबार) बाट सुरु हुँदैछ । बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ । कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो । प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनुहुनेछ ।

बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का सन्दीप लामिछाने, शरह भेशवाकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ ।

यस्तै सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ । यसैगरी राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)