शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अस्पताल शिलान्यास

रसुवामा दुई अस्पताल शिलान्यास


  • आशिष लामा,
  • सोमवार, मंसिर १५, २०७७
  • 711
    SHARES

रसुवा । रसुवामा दुई अस्पताल भवन शिलान्यास गरिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्लाका तिन स्थानिय तहमा अस्पताल निर्माण हुन लागेको हो ।

आमाछोदिङ्मो गाउँपालिकामा भने जग्गा अभाब भएको र जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया सुरु गरिएको हुदाँ सोमबार शिलान्यास हुन नसकेको हो । एक हप्ताभित्र भित्रमा आवश्यक प्रक्रिया सम्पन्न गरि शिलान्यास गरि काम अघि बढाउने आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए ।

नौकुण्ड गाउँपालिका ३ स्थित निर्माण गरिन लागेको अस्पतालको प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद ईन्जिनियर  मोहन आचार्यले शिलान्यास गरेका छन् । कालिका गाउँपालिका मा निर्माण हुन लागेको अस्पतालको भने गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीबाट शिलान्यास भएको छ । नौकुण्ड गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माण हुने भएको छ भने आमाछोदिङ्मो र कालिका गाउँपालिकामा १५÷१५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।

चालू आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }