शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आधारभुत अस्पताल निर्माण

देशैभर आधारभूत अस्पताल निर्माण कार्य शुरु

एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १५, २०७७
  • 800
    SHARES

ललितपुर । सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।

स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँच देखि पन्ध्र शैयाको अस्पताल बनाउन लागेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ललितपुरको गोदावारी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशका ३ सय ९६ स्थानीय तहमा एक साथ ५ शैया, १० शैया र १५ शैयाका पालिका स्तरका आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको बताउनुभयो । यस्तै सात वटा प्रदेशमा ५०÷५० शैयाका सरुवारोग अस्पतालहरुको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिस्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । यस्तै सात वटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट सुनिस्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, बागमती प्रदेशमा ५१  पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }