आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोप

बेलायतद्वारा कोभिड १९ भाइरस विरुद्धको खोपलाई मान्यता ,अर्काे हप्तादेखि खोप प्रयोगमा ल्याईने

खोपलाई आम रुपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १७, २०७७
  • 559
    SHARES

बेलायत।   बेलायतले अर्काे हप्तादेखि कोभिड १९ भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउने भएको छ । यूके फाइजरर बायोएनटेक खोपलाई आम रुपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको समाचार आज प्राप्त भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म प्रभावकारी रहेको भनिएको सो खोप आगामी सातादेखि नै लगाउन सुरु गर्न सकिने बताइएको छ ।

शुरुमा यो खोप कसलाई दिने भनेर केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ । यूकेले सो खोपको चार करोड मात्रा किनिसकेको र सो मात्रा कम्तीमा पनि दुई करोड मानिसलाई पर्याप्त हुने बिबिसीले जनाएको छ ।

फाइजर–बायो एनटेक औषधि इमरजेन्सी भएमा यसको प्रयोग गर्न पाइने गरी बेलायतको औषधि नियामक निकायले आज नै स्वीकृति दिएको छ । बेलायत कोभिड महामारी विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै पहिलो देश बनेको पनि बिबिसीले जनाएको छ ।

आगामी हप्ता नै यो खोपको प्रयोग गर्न सकिने भएको छ । बेलायत सरकारले आगामी हप्ता नै नागरिकलाई यो खोप सेवा दिने भएको छ ।
अर्काे हप्ताका लागि अत्यन्त आवश्यक परेका र गम्भीर प्रकृतिका विरामीलाई एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ । खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ ।

दश महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए ।
एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले यूकेको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहत् खोप कार्यक्रमको तैयारी गरिरहेको बताएका छन् ।
खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ ।

यो खोप विश्वका विभिन्न देशहरुमा नै लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो । सो परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिक रुपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।

यो खोप पत्ता लागेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले निकै खुशी व्यक्त गरेका छन् । उनले अर्काे हप्ताबाट यो खोपको प्रयोग गर्न पाइने कुराले आफूलाई धेरै खुशी बनाएको बताए ।
उनले आफ्नो ट्वीटरमार्फत् यो निकै महत्वपूर्ण काम भएको र यसले बेलायतमात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताए । यसबाट अब बेलायतको आर्थिक विकासमा पनि सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)