शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने 


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १८, २०७७
  • 966
    SHARES

पोखरा।    पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।

स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हंकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ ।

खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने उहाँले स्पष्ट पार्नुभयो । यद्यपी खेल कहिले हुने भन्ने सम्बनधमा राखेपले छिट्टै निर्णय गर्नेपनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)