नुवाकोट। भारतिय दुतावास उप-प्रमुख नामग्या खाम्पा र नुवाकोट जि.स.स.का प्रमुख सन्तमान तामाङले संयुक्त रूपमा आवास पुनर्निर्माणका लागि जारी भारतीय अनुदान सहायता अन्तर्गत खड्गभञ्ज्याङमा निर्मित ५ वटा विद्यालयहरूको आज उद्घाटन गर्नुभयो।
भुकम्पपछिको पुन निर्माण कार्यक्रम अन्तरगत भारत सरकारले गोरखा र नुवाकोटमा घर र विद्यालय निर्माणमा सघाई रहेको छ।
