आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

शुक्रबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु , थप १ हजार २ सय ७२ जनामा संंक्रमण पुष्टि

कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुग्यो


  • सव्बु आचार्य
  • शुक्रबार, मंसिर १९, २०७७
  • 297
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको संख्या १२ सय ७२ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७५ जना डिस्चार्ज भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । जसमध्ये २ लाख २१ हजार ८४७ जना डिस्चार्ज भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या नेपालमा १५ सय ६७ पुगेको छ । अहिले देशभर क्वरेन्टिनमा ५३७ जना रहेका छन् । अहिलेसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौँ  उपत्यकामा आज ६०६ सङ्क्रमित थप भएका छन् । जसमध्ये ३५९ पुरुष र २४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा पाँच हजार ९९६, ललितपुर एक हजार २५५ र भक्तपुरका ५४० सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ७१ हजार ९५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६० हजार ७२१ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ३९४ होम आइसोलेसनमा छन् ।

प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या

प्रदेश १ मा एक हजार ७७५, प्रदेश २ मा २४२, वाग्मती प्रदेश पाँच हजार ९७४, गण्डकी प्रदेश ४५९, लुम्बिनी प्रदेश एक हजार ३०२, कणार्ली प्रदेश ८४ र सुदुर पश्चिम प्रदेशमा ५५८ रहेको छ ।

देशभर आजसम्म ३२८ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा २६, प्रदेश २ मा आठ, वाग्मती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदुर पश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् ।

त्यस्तै, प्रदेश १ मा आठ, प्रदेश २ मा एक, वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूर पश्चिममा दुई गरी जम्मा ५४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

छ जिल्लामा ५०० बढी सङ्क्रमित

आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५६७ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५३ दशमलव सात हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)