शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेन


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २२, २०७७
  • 979
    SHARES
महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिना अघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

प्रयोगशाला सञ्चालनका लागि जनशक्ति तथा खर्च व्यवस्थापनका लागि स्थानिय जनप्रतिनिधिसित पनि पटक/पटक छलफल भई विभिन्न समिति बने पनि सुदूरका पहाडी जिल्लाका प्रयोगशालामा धमाधम कोरोना परीक्षण भइरहँदा महेन्द्रनगरमा भने मेसिन थन्किएको छ ।

सुदूरपश्चिममा कोरोना परीक्षण र सङ्क्रमितको उपचारका लागि  तराईको जिल्ला कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अब्बल सावित भइरहँदा कञ्चनपुरको महेन्द्रनगरमा रहेको पुरानो महाकाली अस्पतालले भने मेसिन सञ्चालनमै ढिलाइ गरिरहेको छ ।

नगरपालिकाले पिसीआर मेसिन खरिद गरेर दिए पनि जनशक्ति र अन्य उपकरण खरिदको प्रक्रियागत कारणले ढिलाइ भएको  महाकाली अस्पतालका सूचना अधिकृत नारद भट्टले जानकारी दिनु भयो ।अस्पतालमा प्रयोगशाला सञ्चालनको पूर्वतयारी थिएन, मेसिन आए पनि तयारी थाल्दा ढिलो भएको उहाले बताउनु भयो।

प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टको भनाइ छ । उहाँले बिएमएलटी चार जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्निसियन दुई जना र चारजना स्वीपर भर्ना गरेर मेसिन सञ्चालनका लागि धनगढी र काठमाडौँ तालीममा गएको बताउनुभयो । “प्राविधिक टोली तालीमबाट फर्किनासाथ प्रयोगशाला सञ्चालनमा आउँछ”, सूचना अधिकृत भट्टले भन्नुभयो, “अरु सबै तयारी भइसकेको छ ।

भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी रु ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको जनाएको छ । नगरपालिकाको कोडिभ–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिको गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)