शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटक आगमनमा कमी हुदा रसुवामा उत्पादित चीजले बजार पाएन


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २२, २०७७
  • 524
    SHARES

रसुवा। लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ ।

बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफूले व्यहोर्नुपर्ने भएकाले दुग्ध विकास संस्थानकोे काठमाडौँ स्थित केन्द्रीय भण्डारण लैनचौरमा लाने अनुमति माग भइरहेको चीजकेन्द्रका प्रमुख कग्याल्पो तामाङले बताउनुभयो ।

गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएका हाल पाँच लाख १२ हजारको चीज तथा एक लाख आठ हजार रुपैया बराबरको मखन अलपत्र परेको छ । नेपालको जेठो चीज कारखाना लाङ्टाङले उत्पादन गरेका चीज पर्यटकबाटै खपत भइरहेको अवस्थामा कोभिड–१९ को सङ्क्रमण शुरू भए लगत्तै विदेशी पाहुनाको चहलपहलमा शून्यता छाएपछि चीज तथा मखन बिक्रीमा समस्या आएको उक्त केन्द्रले जनाएको छ ।

चार सय चौरी गाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चीज तथा मखन बिक्रीमा समस्या आएपछि गतअसोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)