शुक्रबार, बैशाख २१, २०८१

मुआब्जा निर्धारणमा उचित मुल्याङ्कन नभएको भन्दै रसुवागढी नाका जोड्ने सडक बन्द


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २७, २०७७
  • 1.3K
    SHARES

रसुवा, २७ मंसिर

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मुल्याङ्कंन नगरेको भन्दै मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आजदेखि बन्द भएको छ । स्याफ्रुदेखि रसुवागढी सडकखण्डको टिमुरे स्थित तातोपानी क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारणमा स्थानिय प्रशासनले उचित मुल्याङ्कंन नगरेको भन्दै गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक संघर्ष समितिले मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक पूर्ण रुपमा बन्द गराएका हुन् ।

सडक बन्द हुदाँ चिनबाट नेपाल भित्रिएका सामान बोकेर गन्तव्यतर्फ जान लागेका सवारी बिचमै रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवामा यहि मंसिर २५ गते बसेको मुल्य निर्धारण समितिको बैठकले बहुमतका आधारमा गरेको निर्णय पुर्वाग्रह, पुर्ण र विधि सम्मत नभएको हुदाँ मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक बन्द आफुहरु बाध्य भएको गल्छी–त्रिशुली– मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक संघर्ष समितिका अध्यक्ष सरोज न्यौपानेले बताए । ‘२०७३ सालमा प्रतिआना ६ लाखको निर्णय गरेको तर अहिले ३ लाख ८० हजार को दरले दिने भनि निर्णय गरिएको छ,  उनले भने, जनप्रतिनिधि र समितिका केहिको असहमति हुदाँ हुदै पनि केहिलाई बलजफत निर्णयमा हस्ताक्षर गर्न लगाइको छ, यो मान्य हुदैन्, ।
आफना जायज माग पुरा नहुन्जेलसम्म सडक बन्द गरी शान्तिपूर्ण आन्दोलनमा रहने समेत उनले बताए ।

जनप्रतिनिधि, समितिका सदस्यहरुको असहमति रहेको र अन्य सदस्यहरुलाई बल जफती हस्ताक्षर गराएको समेत संघर्ष समितिको आरोप छ । उपसमितिको निर्णय उपर आवश्यक छानविन र उक्त निर्णय बदर नगराउन्जेल मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक पूर्ण रुपमा बन्द हुने समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले २०७६ भदौ ४ गते जग्गा अधिग्रहण सम्बन्धि सुचना प्रकाशित थियो । रसुवातर्फको जग्गाको उचित मुल्याकंन गर्न संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय रसुवालाई पटक पटक मौखिक र लिखित रुपमा ध्यानाकर्षण गराए पनि चासो नदिएको समितिको भनाई रहेको छ । २०७२ सालमै घरटहराको मुआब्जा निर्धारण गरि बितरण गर्नुपर्ने भएपनि स्याफ्रुदेखि रसुवागढी सडकखण्डको टिमुरे स्थित तातोपानी क्षेत्रमा पर्ने १६ जनाको करिब ७ रोपनी जग्गाको मुआब्जा निर्धारणमा हालसम्म कुनै पनि कार्यान्वयन नहुदा मुआब्जा निर्धारण गरि बितरणको प्रक्रिया अन्यौलमा परेको छ । प्रमुख जिल्ला अधिकारी र सडक आयोजना बिच कयौ पटक सो सम्बन्धमा निर्णय हुन छलफल भएपनि निष्कर्षमा भने पुग्न सकेको छैन् । स्थानिय प्रतिनिधि, राजनितिक दल, सम्बन्धित सरोकारवालासँग छलफल भएको भएपनि हाल सम्म निर्णय भने हुन सकेको छैन् ।
स्याफ्रुबेशीदेखि रसुवागढीसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दुई लेनको सडक निर्माण हुने भएको छ । १६ महिना अघि नेपाल सरकारसँग ३९ महिना भित्र काम सम्पन्न गर्ने गरि चाईना टिबेत टिएनन्यु कम्पनी लिमिटेडलाई सडक निर्माणको जिम्मा दिइएको थियो । त्यसै अनुरुप १४ महिना अघि सडक निर्माणको शुभारम्भ गरिएको थियो ।

जग्गाप्राप्ति, घरटहरा र बिद्युतका पोलहरु हटाउन नसक्दा चिनिया कम्पनी आफनो देश फर्किएको थियो । त्यत्तिकैमा कोरोनाका कारण पुन उनीहरु नेपाल फर्कन सकेका थिएनन् । अहिले सञ्चालनमा रहेको स्याफ्रुबेंसी–रसुवागढीसम्मको सडकखण्डको लम्बाइ करिब १७ किलोमिटर रहेको छ । यो सिंगल लेनको कच्ची सडक हो । स्तरोन्नतिपछि उक्त सडक कालोपत्रे सहित डबल लेनको हुनेछ । चीन सरकारको पूर्ण सहयोगमा सडकको स्तरोन्नति हुन लागेको हो । उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }