आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार ६ सय ५९ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 325
    SHARES

काठमाडौं,१३ पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घाण्टामा ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर टेष्ट गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)