सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोनाबिरुद्ध खोप लगाउँदा ४४७ जनामा साइडइफेक्ट देखियो,३ जना गम्भीर


  • माउन्टेन खबर
  • सोमवार, माघ ५, २०७७
  • 338
    SHARES

५ माघ, नयाँदिल्ली। शनिबारदेखि कोरोनाभाइरसविरूद्धको खोप लगाउन सुरू गरेको भारतमा सयौं मानिसमा यसको ‘साइड इफेक्ट’ देखिएको छ।

आइतबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खोप लगाउन थालेको दुई दिनमा ४४७ जना साइड इफेक्ट देखिएको जनाएको छ।

केन्द्रीय स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले धेरैजसो साइड इफेक्ट सामान्य खालका भएको बताउनुभएको छ।

तर आइतबारसम्म तीन जनालाई गम्भीर साइडइफेक्ट देखिएपछिअस्पताल भर्ना गरिएको छ।

अस्पताल भर्ना भएकाहरूमध्ये दुई जना उपचारपछि निको भएर घर गएका र अर्का एक जनाको पनि अवस्था सामान्य रहेको छ।

साइड इफेक्ट देखिएकामध्ये धेरैलाई हल्का खोकी लाग्ने, टाउको दुख्ने, असजिलो हुनेजस्ता लक्षण देखिएका छन्।

भारतमा पहिलो दिनमै २ लाख बढी मानिसलाई खोप लगाइएको छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको कोरोनाभाइरसको भ्याक्सिनलाई भारतको सेरम इन्स्टिच्युटले कोभिसिल्ड नाम दिएर उत्पादन गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)