सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदान


  • माउन्टेन खबर
  • बुधबार, माघ ७, २०७७
  • 1.1K
    SHARES

७ माघ, काठमाडौं। भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिईएको हो ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताउनुभयो । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उहाँले जानकारी दिनुभयो ।

आवश्यक खोप बिहिबार नै काठमाडौँ आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उहाँले बाँकि खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडी बढाउने उहाँको भनाई छ । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताउनुभयो । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडी बढाईने उहाँको भनाई छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)