सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१४ गते देखि कोरोनाविरुद्धको खोप अभियान सुरु


  • माउन्टेन खबर
  • आइतवार, माघ ११, २०७७
  • 443
    SHARES

 ११ माघ, काठमाडौं । सरकारले कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोप १४ गतेदेखि दिन सुरु गर्ने भएको छ । कोरोनाविरुद्धको खोप अभियान १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जनाएको छ ।

भारत सरकारले अनुदान सहयोगमा दिएको १० लाख डोज खोप नेपाल सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा रहेका कर्मचारीहरुलाई लगाइने निर्णय गरेको हो । खोप अभियानको प्रथम चरणको प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापक, सुरक्षाकर्मी पर्छन् ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको छलफलमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १४ गते खोप कार्यक्रम सञ्चालन गर्ने बारे छलफल गर्नुभएको छ । सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)