शुक्रबार, बैशाख २१, २०८१

वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगद्वारा कर्मचारी माग


  • माउन्टेन खबर
  • सोमवार, माघ १२, २०७७
  • 822
    SHARES

हेटौडा,१२ माघ। वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।

प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग गरेका आधारमा ती सङ्ख्यामा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिनुभयो ।

आयोगले प्रशासनतर्फका ५९ र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरेको हो । उहाँले १४९ खुलाबाट र २५ बढुवातर्फका कर्मचारी (हाल स्थानीय तहमा एक तहमुनि तहमा कार्यरत) माग गरेको बताउनुभयो ।

माग गरिएका कर्मचारीमा लेखातर्फका छ , शिक्षामा छ , तथ्याङ्कमा एक , सिभिल इञ्जिनीयरतर्फका १४ , बिल्डिङतर्फका इञ्जिनीयर दुई , वातावरण इञ्जिनीयर एक , कृषि प्रसारमा २५ , कृषि बागवानीमा एक , कृषि बाली संरक्षणमा दुई , पोल्टी डेरी डेभलपमेन्टमा नौ , मत्स्यमा एक , भेटनरीमा १९ , कृषि एग्रीमा एक कर्मचारी रहेका छन् ।

आयोगले स्थानीय तहबाट आवश्यक माग गरिएका कर्मचारी माग गरेकोे हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन । माग गरिएका स्थानीय तहका कर्मचारी विकट क्षेत्रका स्थानीय तहमा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाले आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् ।

प्रदेशको यसअघि चौथो र पाँचौँ तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौँ अधिकृतस्तरका कर्मचारी माग गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }