१४ माघ, काठमाडौं । आज देखि सरकारले कोरोनाविरूद्धको खोप अभियान सञ्चालन गर्दैछ।
एक कार्यक्रमकाविच प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान खोप अभियानको सुरूवात गर्ने हुनुभएको छ।
पहिलो चरणमा कोरोनाका महामारीमा फ्रन्टलाइनमा रहेर खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकहरुलाई कोरोनाविरूद्ध खोप लगाइने भएको छ।
गत हप्ता नेपाललाई भारत सरकारले अनुदानस्वरुप दश लाख डोज कोभिसिल्ड खोप हस्तान्तरण गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल १२० केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिनेछ।
सरकारले प्रदेशहरूमा खोप र आवश्यक बजेट पनि पठाइसकिएको बताएको छ। पहिलो चरणमा झन्डै ४ लाख भन्दा बढी मानिसहरुलाई खोप लगाउने आनुमान गरिएको छ।
आगामी दश दिनभित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप पुर्याइने र अग्रमोर्चामा खटिएकाहरूलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयको भनाइ छ।
