सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पब्जीसँग प्रतिस्पर्धा गर्नेगरि भारतीय मोबाइल गेम ‘फौजी’ सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 791
    SHARES

काठमाडौं, १४ माघ। मोबाइल गेम पब्जीसँग प्रतिस्पर्धा गर्नेगरि भारतीय कम्पनीले ‘फौजी’ नामक मोबाइल गेम लन्च गरेको छ ।

भारतको ७२ ‍औं गणतन्त्र दिवसको अवसर पारेर सो फौजी गेम सार्वजनिक गरिएको हो। सो गेम आज प्लेस्टोरमा सार्वजनिक भएको छ।

यो  २०२१ को अन्त्यमा आईओएसको लागि एप स्टोरमा पनि उपलब्ध हुने बताईएको छ ।

पछिल्लो दिनमा चीनसँगको सिमा विवादपछि चिनियाँ एप्सले मुलुकको सुरक्षा जोखिम बढाएको भन्दै भारतले पब्जीलगायतमाथि प्रतिबन्ध घोषणा गरेको थियो । सो प्रतिबन्ध लगत्तै बलिउड कलाकार अक्षय कुमारले पब्जी जस्तै मोबाइल गेम ‘फौजी’ (FAU-G) लन्च गर्ने घोषणा गरेका थिए ।

यो एक भारतीय एक्शन गेम हो जुन सिङ्गल प्लेयर मोडको साथ आउँदछ। हाल, यो खेल केवल एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि मात्र प्रस्तुत गरिएको छ । यो गेमलाई बलिउड कलाकार अक्षय कुमारले प्रमोट गर्दैछन्। उनले हालै सो गेमको डाउनलोड लिंक साझा गरेका छन्।

यो फौजी गेम ४६० एमबीको छ भने भारतमा तीन भाषामा उपलब्ध गराईएको छ ।

यो गेम सिङ्गल प्लेयरमोडमा जारी गरिएको छ र चाँडै यसले रोयल ब्याटल मोड र मल्टि यूजर्स मोड पनि देख्नेछ। फौजीको खास कुरा के हो भने यसमा लद्दाखमा चिनियाँ सैनिक र भारतीय सैनिकहरु बीचको लडाई हुनेछ। खेल सुरू हुने बित्तिकै, यसमा हाल तीन क्यारेक्टरहरु उपलब्ध हुनेछन्, जुन आफ्नो रोजाई अनुसार छान्न सकिनेछ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म गुगल प्ले स्टोरमा सो गेमले ४० लाखभन्दा बढीले प्रि-रजिस्ट्रेसन गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार ‘फौजी’ गत एक हप्ता १० लाखभन्दा बढीले रजिस्ट्रेसन गरेका थिए।

यो गेम एन्ड्रोइड ८ वा सो भन्दा माथिका अपरेटिङ्ग सिस्टम भएका फोनहरुमा मात्र खेल्न सकिने बताईएको छ ।

उक्त गेमबाट हुने आम्दानीको २० प्रतिशत ‘भारतका वीर’ फाउन्डेसनलाई हस्तान्तरण गरिने फौजी बनाउने एनकोर गेम्सका सीइओ विशाल गोन्डलले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)