सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाली नागरिकको कोभिड १९ सम्बन्धि सेवा त्रिशुली अस्पतालबाट, स्थानिय पूर्वाधार साझेदारि कार्यक्रमबाट ४६ लाख सहयोग


  • माउन्टेन खबर
  • बिहिबार, माघ १५, २०७७
  • 995
    SHARES

रसुवा, १५ माघ।  नुवाकोटको त्रिशुली अस्पताललाई रसुवाको स्थानिय पूर्वाधार साझेदारि कार्यक्रमबाट ४६ लाख सहयोग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले दिएको जानकारी अनुसार कालिका गाउँपालिकाबाट ४० लाख र गोसाईकुण्ड गाउँपालिकाबाट ६ लाख गरि उक्त रकम अस्पताललाई पठाइएको हो ।

रसुवा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित मोहन आचार्यको संयोजकत्वमा गत २२ मंसिरमा बसेको स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको थियो । जिल्ला समन्वय अधिकारी मिना अर्यालका अनुसार त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिको खातामा रकम पठाइएको छ । अब रसुवा जिल्लाका बासिन्दाले त्रिशुली अस्पतालबाट लिइएको कोभिड १९ सम्बन्धि उपचार तथा सेवाको बिबरण अस्पतालले जिल्ला समन्वय समिति रसुवा, पाँचवटै गाउँपालिकामा मासिक रुपमा पठानुपर्नेछ ।

नुवाकोटमा पिसिआर परिक्षणलाई व्यबस्थित र दिर्घकालिन रुपमा संचालनमा ल्याउन रसुवाले समेत सहयोग गर्ने निर्णय भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । ‘रसुवामा पिसिआर मेसिन किनेर संचालन गर्न नसकिने भएकाले नुवाकोटमा रहेको पिसिआर मेसिनबाट सहज रुपमा रसुवा बासीले सेवा लिन सक्ने र हालसम्म पनि लिइरहेको कारण नुवाकोटमा स्थापना गरि संचालन भइरहेको पिसिआर टेष्टलाई व्यवस्थित रुपमा दिर्घकालिन बनाउनका लागि सहयोग गरिएको हो, उनले भने, ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)