सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप १५९ जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • सोमवार, माघ १९, २०७७
  • 367
    SHARES

काठमाडौं ,१९ माघ । सोमबार १५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १४५ जनाको पिसिआर परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषसहित १५९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २६४ रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)