सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार थप १७१ मा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २०, २०७७
  • 599
    SHARES

२० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार थप २५९ जना कोरोना संक्रमणबाट निको भएसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ भने अहिलेसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)