सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मृत्युको प्रमुख कारण बन्दै क्यान्सर


  • माउन्टेन खबर
  • बिहिबार, माघ २२, २०७७
  • 582
    SHARES

काठमाडौं,२२ माघ। नेपालमा हरेक दिन क्यान्सरले ४५ जनाको ज्यान लिने गरेको छ। नेपालको कूल मृत्यु मध्ये ९ प्रतिशत क्यान्सरले ओगटेको छ। अर्बुद रोग निवारण संस्थाको अनुसार नेपालमा वार्षिक २६ हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्।

क्यान्सर एक जटिल रोग हो। विश्वभर क्यान्सरका कारण लाखौं मानिसले ज्यान गुमाउने गर्छन्। क्यान्सर हुँदा शरीरका कोशिका असामान्य रूपले बढ्न पुग्छन्। र, तिनले ट्युमरको रूप लिन्छन्। यसले शरीरको जुनसुकै भागको कोशिकालाई पनि प्रभावित पार्न सक्छ।

क्यान्सर सामान्यतया हाम्रो शरीरका कोषहरु विभिन्न कारणले एकाएक बढ्ने गर्छन् यसका कारण शरीरमा उत्पन्न हुने समस्या नै क्यान्सर हो भनिन्छ ।

तर यो रोेग अरु रोगजस्तो हुदैन किनभने यो शरीरको एउटा अंगबाट अर्को ठाउँमा सर्न थाल्छ र ती अंगहरु नै सखाप पार्न थाल्छ । क्यान्सरको नराम्रो पक्ष भनेको शरीरको त्यसरी एक अंगबाट अर्को अंगमा फैलिनु हो र यसलाई मेटास्टासिस भनिन्छ ।

क्यान्सर के कारणले हुन्छ भन्ने यकिन एउटै तथ्य अझै पत्ता लागेको छैन । यो शरीरको जुनसुकै अंगमा पनि हुन सक्छ । पुरुषहरूमा फोक्सोको क्यान्सर, मुखको क्यान्सर धेरै भेटिन्छ भने महिलाहरूमा भने पाठेघरको मुख र स्तनको क्यान्सर हुने गर्छ ।
केही क्यान्सर वंशाणुगत हुन्छन् भने फोक्सो, मुख आदिमा हुने क्यान्सरको धेरैजसो कारण चुरोट र खैनी हो । क्यान्सरका बिरामीमध्ये अधिकांशको त चुरोट वा खैनी खाने गरेकाकारण हुने गरेको पाइएको छ ।

विश्वमा प्रमुख समस्याका रुपमा देखा परिरहेको यो क्यान्सर रोग गराउने अन्य जोखिमहरूमा मोटो शरीर, प्रदुषित वातावरण, खानामा खराबी, शहरीया जीवन शैली आदि पनि पर्दछन् ।

कतिपय क्यान्सरहरु अपरेशन गरेर काटेर फ्याल्न मिल्ने खालको हुन्छ भने कतिपय क्यान्सर काटेर निकाल्न नसकिने अवस्थामा नै भेटिन्छ । टाउको, घाँटी, रगत वा अरु निकाल्नै नमिल्ने भागमा क्यान्सर भएको छ भने शल्यक्रिया सम्भव हुँदैन ।

क्यान्सरको अहिलेको औषधि किमोथेरापी हो । क्यान्सरका सेलहरु मार्नका लागि आजकल सयौं प्रकारका किमोथेरापीहरु बनेका छन् । कतिपय क्यान्सरहरु किमोथेरापीबाट सजिलै निको हुन्छन् भने केहीलाई यो औषधि पद्दतिले छुँदा पनि छुँदैन । हरेक किमोका राम्रा र नराम्रा असर हुन्छन् अनि किमोले अरु साइड इफेक्टहरु पनि देखाउँछ जस्तो कि सामान्यतया कपाल झर्ने, वाकवाकी लाग्ने आदि छन् ।

नेपालमा पछिल्लो समय स्तन क्यान्सर  निकै बढ्दो रुपमा देखिएको छ । सहरी भूभागमा यो समस्या धेरै देखिएको छ ।

पहिले पहिले  स्तन क्यान्सर ५० देखि ६० वर्षका महिलालाई हुने गरेकामा अहिले यो कम उमेरमा सर्दै आएको छ ।

नेपालमा हुने पूरै स्तन क्यान्सरमध्ये एक तिहाई त ४० वर्ष मुनिका केटीहरुमा भएको देखिएको छ । यसलाई ‘ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर’ पनि भनिन्छ । यसरी केटी मानिसमा देखिएको यो किन बढी खतरनाक हुन्छ भने यो बढी मात्रामा फैलिने सम्भावना पनि हुन्छ । त्यसैले गर्दा यस्तो अवस्थादेखि डराउनुपर्छ, समयमै स्वास्थ्य जाँच गराउनुपर्छ ।

किन बढ्दैछ स्तन क्यान्सर ? 

खासमा त कम सक्रिय जीवन शैली, तयारी खाना खाने प्रवृत्ति, व्यायामको अभाव, सुर्तीजन्य र मादक पदार्थको सेवनजस्ता कारणले नेपालमा क्यान्सरका बिरामीको संख्या बढिरहेको देखिएको छ । तर यतिमात्र कारणहरु भने क्यान्सरका छैनन् तर पनि क्यान्सरका कारणहरुमा यी प्रमुख भने हुन् ।

पछिल्लो समयमा नेपालमा सहरी नागरिकमा स्तन क्यान्सको अवस्था बढेको देखिएको छ । यहाँ ४० वर्ष मुनिका केटी मान्छेहरु उपचारमा आउने गर्छन्, यो संख्या दिन प्रतिदिन बढ्दो देखिएको छ । यो पनि खासमा त सन्तुलित खानाको कमी, सहरी जीवन शैली, अस्वस्थ खाना, व्यायामको कमी, स्ट्रस्फुल बसाई तथा जीवन शैली आदि हुन् । त्यस्तै ढिला विहे गर्ने, पहिलो सन्तान ३० वर्षपछि जन्माउने, १२ वर्ष अघि नै महिनामारी शुरु हुने र महिनामारी ढिला सुक्ने, गर्भनिरोधक या अन्य औषधिका रुपमा चक्कीको प्रयोग गर्ने आदि पनि यसका कारण हुन् । तर वंशाणुगत भने यो १० देखि १५ प्रतिशत मात्र हुने गर्दछ । तथा समयमै स्वास्थ्य जाँचको अभाव पनि यसका धेरै मध्येका केही कारणहरु हुन् ।

स्तन क्यान्सरबाट कसरी बच्ने ? 

बेलैमा उपचार गरे क्यान्सर रोग निको हुन्छ । पछिल्लो समयमा नेपालमा खाना नली र स्तन क्यान्सरको समस्या पनि बढिरहेको देखिन्छ । स्तन क्यान्सर नदुख्ने गाँठो आएको थाहा पाउने बित्तिकै त्यो क्यान्सर रोगको लक्षण हो कि होइन भनेर जाँच गराउनु पर्छ । स्तन वा अन्य अंगको गाँठो ठूलो भएर रगत बग्न थालेपछि जाँच्न आउने होइन । तर यहाँ त्यस्तो होइन कि अन्तिम परेपछि मात्र आउने प्रवृत्ति छ ।
यसबाट बच्ने अन्य उपायहरुमा महिनाको एकपटक आफैले स्तनको जाँच गराउने, ४० वर्ष मुनिका केटी मान्छेले कम्तीमा पनि तीन वर्षमा १ पटक स्तन र छातीको भिडियो एक्सरे गराउने, त्यो भन्दा बढी उमेरका महिलाले वर्षमा १ पटक मेमोग्राम (स्तनको एक्सरे) गराउने गर्नाले पनि यो रोगबाट बच्न सकिन्छ । यसो गर्दा समयमै यो रोग लागेको कुरा थाहा भयो भने समयमै उपचार हुन्छ र समयमै उपचार भयो भने निको हुने पूरै सम्भावना पनि हुनसक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)