सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व क्यान्सर दिवस


  • माउन्टेन खबर
  • बिहिबार, माघ २२, २०७७
  • 352
    SHARES

काठमाडौं,२२ माघ।  विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगलाई जितेका विरामीहरुले क्यान्सर हस्पिटलमा औपचारिक रुपमा घण्टी बजाएर आफुलाई निको भएको उद्घोष गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सर पीडितहरुले विश्व क्यान्सर दिवसको अवसर पारेर हस्पिटल परिसरमा निर्माण भएको घण्टी बजाई क्यान्सरमुक्त भएको उद्घोष गरेका हुन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले कोभिड १९ को महामारीको बेलामा पनि अस्पतालले क्यान्सर पीडित बिरामीहरुलाई निरन्तर सेवा दिन सकेकोमा सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । जुनसुकै ठाउँमा बसेर पनि क्यान्सर बारे जनचेतना जगाएर, बोलेर मात्रै पनि क्यान्सर विरुद्ध लड्न सकिने उहाँले बताउनुभयो ।

आगामी दिनमा हस्पिटलको ध्यान कोभिड १९ महामारीका बिचमा निदान हुन छुटेका, संक्रमणका डरले घरमै बसिरहेका क्यान्सर बिरामीहरुलाई कोभिड १९ को डर हटाई सचेतना जगाउने डा. श्रेष्ठको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)