सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

२४ घण्टामा देशभर ५७ कोरोना सङ्क्रमित थप, मर्नेको संख्या शून्य


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १, २०७७
  • 295
    SHARES

काठमाडौँ, १ फागुन । नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप १३३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ ।

पाँच सय भन्दाबढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र छ । शुन्य सङ्क्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)